Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, ६ चैत २०८२ । भारतको हैदराबादमा केही महिनादेखि शृंखलाबद्ध रूपमा सुनचाँदीका सामग्रीलगायत डकैतीमा संलग्न भएको आरोपमा पाँचजना नेपाली पक्राउ परेका छन् ।

हैदराबाद मेलका अनुसार उनीहरूलाई योजनाबद्ध रूपमा डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका आरोपितहरूमा रमेश बहादुर चन्द, जनक कुमार, विक्रम शाही, ललितबहादुर चन्द, मदन खत्री र सुशील बोहरा रहेका जनाइएको छ ।

प्रहरीले उनीहरूमाथि अपराध गर्ने, चोरीका सामान बुझ्ने, आर्थिक सहायता उपलब्ध गराउने र अपराध गर्नेलाई संरक्षण दिएको आरोप लगाएको छ ।

उनीहरूको साथबाट चोरी भएका गहना, मोबाइल फोन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया