Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

राजविराज, ७ फागुन । भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते गरी नेपला नागरिकताको प्रमाणपत्र बनाइदिएको आरोप लागेको हो ।

पक्राउ परेका साहले भारतको बिहार राज्यअन्तर्गत लौकही प्रखण्डको अन्धरामन्ठ थानाको नरेन्द्रपुर पञ्चायतका उनलाई नेपाली नागरिकता बनाइदिएको जाहेरीका खाधारमा नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको ज्वाइँलाई ०६३ माघ १४ गते नेपाली नागरिकता बनाइदिएका थिए । पक्राउ गरिएका साहका ज्वाइँ भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनायो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया