Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

खाँदबारी, ६ फागुन । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ ।

‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन,’ भोटखोला, ३ का वाङदावी भोटेले भने, ‘तर, जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल खरिद गरेका छन् । सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी चाहिएको हो भन्ने स्पष्ट पार्न सकका छैनन् ।

हिउँदका केही महिना मात्र चल्ने सडक भएको ठाउँमा गाडी खरिद गर्न जनप्रतिनिधिले हतारो गरेको उनको भनाई छ । ‘सुविधाभोगी भएर जनप्रतिनिधिले गाडी किन्दा खर्च बढिरहेको छ,’ उनले भने, ‘गाउँमा राम्रो गोरेटो पनि नहुँदा सर्वसाधारण भने अप्ठेरो ठाउँबाट जोखिम मोलेर हिड्न बाध्य छन् ।’ यो समाचार अनिष विष्टले अन्नपूर्णमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments