Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

१९ पुस २०८२ । मलेसियामा गैरकानुनी रुपमा बसेका आर्थिक तथा स्वास्थ्य अवस्था कम्जोर भएका तीन नेपालीको उद्धार गरिएको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार स्वास्थ्य अवस्थामा समस्या भएका तथा आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा रहेका तीन नेपालीलाई सुरक्षित रूपमा मातृभूमि फर्काईएको जनाएको

दूतावासले गम्भीर स्वास्थ्य समस्या तथा आर्थिक अभावका कारण स्वदेश फर्कन असमर्थ तीन जना नेपाली नागरिकलाई आवश्यक सहयोग प्रदान गरी नेपाल फर्कन सहजीकरण गरेको हो। अन्य व्यक्तिको सहयोगमा विभिन्न समयमा दूतावाससम्म आइपुगेका तीन जना नेपाली नागरिकहरूको मानसिक रुपमा पनि विचलित भएको पाइएकोले उपचारका लागि क्रिस्टिनास केयरगिभिङ होम केयर सेन्टरमा पठाइएको थियो।

करिब दुई हप्ता लामो उपचार पछि स्वास्थ्यमा सुधार आएपछि दूतावासले निःशुल्क यात्रा अनुमति पत्र ९ट्राभल डकुमेन्ट ० जारी गरी मलेसियाको अध्यागमन विभागमा लिएर गई अवैधनिक रुपमा बसे बापतको ओभरस्टे जरिवाना शुल्क भुक्तानी गरिएको थियो। यसरी स्वास्थ्यमा सुधार भई प्राविधिक रुपमा घर फर्कन तयार उनीहरुलाई गैर आवासीय नेपाल संघका भूतपूर्व अध्यक्ष विनोद थापाले हवाई टिकट उपलब्ध गराएका थिए ।

नेपालीहरुको उद्धारमा मलेसियामा रहेका प्रवासी नेपालीहरु, नेपाली व्यवसायीहरु तथा अन्य विभिन्न नेपाली संघ संस्थाहरुको सहयोगको महत्वपूर्ण भूमिका रही आएको दूतावासले जनाएको छ। विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग र सहजीकरणका लागि दूतावास सदैव प्रतिबद्ध रहेको जनाएको छ। यो खबर आजको राजधानी दैनिकमा छ ।

 

तपाईको प्रतिक्रिया