Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

काठमाडौं, १९ कार्तिक २०८२ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । रोहित नेपाली क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन बनाउने पहिलो ब्याटर बनेका हुन् ।

रोहितले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स ९यूएई०मा घरेलु टिमविरुद्ध दुई रन बनाएसँगै यो कोसेढुंगा पार गरेका हुन् ।

उनले यूएईविरुद्ध नेपाली टिमको खातामा सात बलको सामना गर्दा दुई रनमात्रै थपे ।

रोहितले हालसम्म नेपाली टिमबाट ७६ खेलमा ७२ इनिङ खेल्दा कुल दुई हजार रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।

रोहित नेपाली टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो र हालसम्मका एकमात्र ब्याटरसमेत हुन् ।

 

तपाईको प्रतिक्रिया