कर्णाली, ५ भदौ २०८२ । लोक सेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित रहेको लोकसेवा आयोगको कार्यालयमा सञ्चालन भइरहेको सञ्चाररइञ्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली परीक्षा दिनेलाई पक्राउ गरिएको हो ।
२५ वर्षीय श्यामशंकर सिंह र २० वर्षीय भरत तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार, सिंह कुशे गाउँपालिका–७, समकोट जाजरकोट निवासी हुन् । उनले छेडागाड नगरपालिका–१२, जाजरकोटकै धर्मराज चनराको सट्टामा परीक्षा दिएका थिए । तिरुवा भगवतीमाई गाउँपालिका–७ दैलखका हुन् । उनले सोही गाउँपालिका–५ का सुशील शाहीको सट्टामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिइ गएको प्रहरी टोलीले चारजनालाई नै नियन्त्रण थिएको थियो । सुर्खेत प्रहरीले नियन्त्रणमा लिइएका चारैजनाको लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।






