Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, ४ भदौ २०८२ । साफ यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालले भारतसँग ७–० ले पराजित भएको हो।

पहिलो हाफमा ५–० ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल बेहोर्‍यो। भारतका लागि अनुष्का कुमारी र अविस्ता बस्नेत र निरा चानुले २/२ गोल गर्दा जुलन नोन्गमाइथिमेले १ गोल गरिन् ।

खेलको १४औँ मिनेटमा अविस्ताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ९ मिनेटपछि नै निराले टोलीको अग्रता दोब्बर बनाइन् ।

अनुष्काले ३३औँ मिनेटमा गोल गर्दा भारतको अग्रता ३–० मा पुग्यो । ४१औँ मिनेटमा अविस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले ५–० को आरामदायी अग्रता बनायो ।

दोस्रो हाफमा खेलको ५६ औँ मिनेटमा सबै डिफेन्डरलाई बिट गर्दै निरा छानुले व्यक्तिगत दोस्रो र भारतका लागि छैटौँ गोल गरिन्। उनले गोलकिपर झरना डुम्राकोटीसँग वान वाइ वानमा बिट गर्दै गोल गरिन्। ६३ औँ मिनेटमा भारतले सातौँ गोल गर्‍यो। भारतकी फर्वाड अनुष्का कुमारीले व्यक्तिगत दोस्रो गोल गरिन्।

तपाईको प्रतिक्रिया