Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, ४ भदौ २०८२ । भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको पहिलो हाफमा नेपाल ५–० ले पछाडि परेको छ ।

बुधबार भुटानको चिङलिमिथाङ रंगशालामा जारी उद्घाटन खेलको पहिलो हाफमा भारतकी अभिष्टा बस्नेतले दुई गोल गरिन् । यस्तै, अनुष्का कुमारी, निरा चानु लोंगजाम र जुलान नोंगमैथेमले समान एक–एक गोल गरिन् ।

खेलको १७औँ मिनेटमा अभिष्टाले भारतलाई अग्रता दिलाएकी थिइन् । २५औँ मिनेटमा निराले अग्रतालाई दोब्बर बनाइन् । ३३औँ मिनेटमा अनुष्काले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याइन् । खेलको ४१औँ मिनेटमा अभिष्टाले अर्को गोल गरेपछि भारतले ४–० को अग्रता कायम गर्‍यो । पहिलो हाफको इन्जुरी टाइममा भारतकी जुलान नोंगमैथेमले एक गोल थपिन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता छ ।

 

तपाईको प्रतिक्रिया