काठमाडौं, ४ भदौ २०८२ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुख इन्दिरा रानाको विषयलाई लिएर सांसदहरूबीच सवालजवाफ भएको छ । बुधबार समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षलाई उपसभामुखलाई गर्न खोजेको के हो भनेर प्रश्न गरे ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उसभामुख राना अमेरिका गएको विषयमा कसैलाई जानकारी छ भनेर सोधेका थिए ।
“उहाँ संसद्को कार्यक्रममा जानुभएको हो कि एनजीओको कार्यक्रममा जानुभएको हो, महासचिवलाई जानकारी दिएको छ रु या पदाधिकारीलाई जानकारी छ रु,” उनले भने ।
सभामुख देवराज घिमिरले उसभामुख अमेरिका गएकोबारे संसद्लाई जानकारी नभएको बताए । तर, आफूलाई जानकारी दिएको उनको भनाइ छ ।
“मलाई जान्छु चाहिँ उपसभामुखले भन्नुभएको थियो । केही दिनमा आउँछु भन्नुभएको छ,” उनले भने ।
उपसभामुख हटाउन सत्तारूढ दलले हस्ताक्षर गरेका छन् ।






