Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, १ भदौ २०८२ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा अडिएको छ।

यसदिन ३१७ स्क्रिप्सको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५८ स्टक्सको मूल्य बढ्दा १९१ वटाको घट्यो।

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५१ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्सले ३५ करोडको सेयर कारोबार गर्दा नेपाल रिपब्लिक मिडियाको २४ करोड,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्टको २२ र२२ करोडको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ,मनु एण्ड प्रो,माइक्रोफाइनान्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढीले घटे।

 

तपाईको प्रतिक्रिया