Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, ६ साउन २०८२ । सेयर बजारमा उछाल आएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स १४.४८ अंकले बढेर ५१६.९८ विन्दुमा पुगेको छ।

नेप्से उच्च अंकले बढ्दा कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। यसदिन ३१९ स्क्रिप्सको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँमा खरिद बिक्री भए।

यसदिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर,शिवम् सिमेन्ट र सान्भी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ९.९० र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्टको ९.७६ प्रतिशतले बढ्यो।

७१ करोड बढीको सेयर कारोबार गरी नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको ६८ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र बुटवल पावरले ५१/५१ करोड बढीको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये २३६ स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो। १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो,माइक्रोफाइनान्सको उपसूचक ४ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया