Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौँ, २९ असार २०८२ । पुस महिना यता एक हजार नौ सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ९०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार मनाङ, रसुवा, हुम्ला र डोल्पामा डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबै भन्दा बढी गण्डकी प्रदेशमा ४६८ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ५०५, सुदूरपश्चिममा २६८, कर्णालीमा ३६ र मधेशमा ३४ जनामा डेंगु पुष्टि भएको डा। दाहालले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन् ।

त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्त हुने डेंगुका लक्षण हुन्।

 

तपाईको प्रतिक्रिया