Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठ्माडौं, २७ असार २०८२ । नेपाल राष्ट्र बैंकले आगामी वर्ष बैंक तथा वित्तीय संस्थाको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

विगतमा फरक आवश्यकता र चुनौतीहरूको सम्बोधन गर्न स्थापित कतिपय संस्थाहरूको कार्यदायरा पुनरवलोकन गर्न आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ ।

राज्यको प्राथमिकताप्राप्त क्षेत्रमा साधन परिचालन अपेक्षितरूपमा हुन नसकेको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरवलोकन गर्न विस्तृत अध्ययन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया