Online Bichar
बिहिबार, मंसिर ०४, २०८३ | Thursday, November 19, 2026

जेबि खड्का
गौरादह, २० असार २०८२ । गौरादह नगरपालिका वडा नं.१ ले वडा भित्र रहेर खेल क्षेत्रमा नगर तथा राष्ट्रिय स्तरमा पहिचान कायम राख्न सफल २ खेलाडीको अभिभावकत्व ग्रहण गरेको छ। वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरि २ खेलाडीलाई नगद सहित सम्मान गर्दै अभिभावकत्व ग्रहण गरेको घोषणा गरेको छ।

जनता मा.बि. गौरादह-१ मा अध्यनरत बिद्यार्थी इन्दिरा बोहोरा कबडी खेलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट कबडीमा राष्ट्रिय खेलाडी बन्न सफल भएकी थिइन। सोफिया खातुन म्याराथुन दौडमा नगर तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल भएकी थिइन। दुबै खेलाडीको खेल प्रतिभाको कदर गर्दै वडाले सम्मानका साथ अभिभावकत्व ग्रहण गरेको हो। बोहोरा जनता मा.बि. गौरादहमा कक्षा ११ मा अध्यनरत छिन भने खातुन सोही बिद्यालयमा कक्षा-७ मा अध्यनरत छिन।

सर्वसाधारण नागरिकका समस्या देखि बिकास निर्माणका काममा संधै हातेमालो गरेर अगाडि बढेका वडाध्यक्ष भण्डारी वडाबासीको चाहना अनुसार बजेट बिनियोजन गरि काम गर्ने गरेका छन। क्षेत्रफलका दृष्टिकोणले गौरादह नगरपालिकाको दोस्रो ठुलो वडाका रुपमा वडा नं.१ रहेको छ। बिकास निर्माणका आधारमा सबैभन्दा बढी बिकास भएको वडाका रुपमा वडा नं.१ रहेको छ। वडाको बिकास र नागरिकका समस्या समाधान गर्न अग्रणी भुमिका निर्वाह गर्दै आएका वडाध्यक्ष भण्डारी नगरका साथै संघिय र प्रदेश सरकारबाट बजेट ल्याएर बिकास गर्न सफल भएको देखिन्छ।

गौरादह नगरपालिकाको बजारको ठुलो क्षेत्र, गौरवको आयोजनाका रुपमा रहेका पोखरी, नगर अस्पताल, ईलाका प्रहरी कार्यलयका साथै सरकारी तथा निजी संघ संस्थाहरु यस वडामा रहेका छन। वडा भित्र रहेका संघ संस्थाहरु वडाका गहना रहेकाले संघ संस्थालाई ससक्त बनाउन सकेमा समाज रुपान्तरणमा सहयोग पुग्ने वडाध्यक्ष भण्डारीले जानकारी गराएका छन। सार्वजनिक सुनुवाइ कार्यक्रमको क्रममा वडाध्यक्ष भण्डारीले वडा नं.१ मा नगर, प्रदेश र संघिय सरकार गरि ६४ वटा योजना रहेकोमा संघिय सरकार र प्रदेश सरकारबाट ठेक्का लागेका बहु बर्षे २ वटा योजना बाहेक सबै योजना सम्पन्न भएको जानकारी गराएका थिए।

आर्थिक बर्ष २०८१/०८२ मा वडाले गरेका बिकास निर्माणका काम अन्तर्गत भौतिक पुर्वाधार, आर्थिक बिकास, सामाजिक सुरक्षाको संख्यात्मक बिवरण, ब्याक्तिगत घटना दर्ताको संख्यात्मक बिवरण, मेलमिलाप समितिको प्रगति विवरण, व्यावसाय दर्ता र नविकरण बिवरण, वडा समितिको बैठक संख्या,वडा कार्यलयबाट हुने विविध प्रमाणित तथा सिफारिस,राजस्व संकलन विवरण र प्रशासनिक खर्चको विवरणका बिषयमा वडाध्यक्ष भण्डारीले जानकारी गराएका थिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा खड्ग बहादुर थापा, राज कुमार अधिकारी, पर्शुराम ढकाल, बिरेन्द्र बस्नेत, कृष्ण बाँस्कोटा लगायताले सकरात्मक जिज्ञासा राखेका थिए। वडाध्यक्ष भण्डारीले जिज्ञासाको जवाफ दिएका थिए। कार्यक्रमको संचालन वडा सचिब अनिता अधिकारीले गरेकी थिइन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया