Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौँ, १५ माघ । नक्कली ब्लुबुक बनाई तत्कालीन बैँककै कर्मचारीको मिलोमतोमा करोडौँ ठगी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्धारा खटिएको प्रहरी टोलीले देव विकास बैँकका ललितपुरका शाखाका तत्कालीन प्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौँ–२३ बस्ने बिकास बैकका तत्कालिन शाखा प्रबन्धक ३७ वर्षीय देव सरिन शंकर श्रेष्ठ र पर्सा विरगंज घर भइ हाल ललितपुर ज्वागल १० बस्ने मूल्यांकनकर्ता नेरश मान सिंह अमात्य रहेका छन्।

त्यस्तै पक्राउ पर्ने ऋणीहरुमा काभ्रे भुम्लु गाउँपालिका १ बस्ने ३६ वर्षीय मुख्य योजनाकार नारायण श्रेष्ठ, ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नविन श्रेष्ठ र काठमाडौं गोठाटार बस्ने ४२ वर्षीय कृष्णबहादुर खत्री रहेका छन्।

प्रहरी टोलीले काठमाडौं, काभ्रे र मोरङका बिभिन्न स्थानबाट उनीहरुलाई नक्कली ब्लुबुक बनाई कर्जा लिइ बैंकिङ कसुर तथा किर्ते गरेको अभियोगमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक(एसपी) उमा प्रसाद चतुर्वेदीले बताए। उनले भने‘ पक्राउ परेकाहरु उक्त बैंकको विभिन्न शाखाबाट नक्कली कागजातको आधारमा करिब २ करोड १० लाख ८ हजार ९ सय २६ रुपैयाँ हानी नोक्सानी पु(याएको अनुसन्धानबाट खुल्न आएको छ।’

एसपी चतुर्वेदीले पक्राउ परेकाहरुको सम्बन्धमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत किर्ते कागजको महल बमोजिमको कसुरमा समेत अनुसन्धान पुरा गरी बैंकिङ कसूर तर्फको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालय माईतीघर काठमाडौँमा बुझाइएको बताए। त्यस्तै सरकारी छाप दस्तखत किर्ते तर्फको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाण्डौं र ललितपुरमा बुझाइएको उनले बताए। उनले भने,थप अनुसन्धानको लागि पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराई म्याद थप गराइएको छ।’

नागरिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments