झापा, ३ जेठ २०८२ । झापाको शिवसताक्षीमा आफ्नै बुवाले छोरालाई खुकुरी प्रहार गरि घाइते बनाएका छन् । आज (शनिबार) बिहान ७ः१५ बजेको समयमा शिवसताक्षि नगरपालिका-३ पाराबारी बस्ने ४० वर्षिय मन कुमार तामाङले आफ्नै छोरा १८ वर्षिय सुसन तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुवा छोरा बिच घरायसी वादविवाद भई झै-झगडा हुँदा मन कुमार तामाङले छोरा सुसन तामाङलाई खुकुरी प्रहार गर्दा टाउको र दाहिने खुट्टाको घुँडा पछाडि खुकुरिले काटी घाईते बनाएको प्रहरीले जनाएको छ । उक्त घट्ना पश्चात प्रहरी चौकी धरमपुरबाट प्रहरी टोलि खटि गई घाइतेलाई उपचारको लागि निम्स अस्पताल दमक पठाईएको अबस्था मध्यम रहेको जनाइएको छ । उपचारमा छिमेकी रबिन लिम्बु संलग्न रहेको जनाइएको छ ।
खुकुरी र खुकुरी प्रहार गर्ने ब्यक्ति प्रहरी चौकी धरमपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । उक्त घट्ना सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






