Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौँ, ३ माघ । समायोजनको फाराम भर्न तोकिएको एक दिनअघि मंगलबारसम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् । आज बुधबार समायोजनका लागि फारम भर्ने अन्तिम दिन तोकिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीले फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

फाराम भर्ने म्याद एक सेकेन्ड पनि नथप्ने जनाउँदै मन्त्री पण्डितले चिठ्ठी पाएको २१ दिनभित्र तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कडाइका साथ खटाउने दाबी गर्नुभयो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया