Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौं, १ माघ । राम्रो काम लगाईदिन्छु भनि बिभिन्न प्रलोभन देखाएर नेपाली बालिकालाई भारतको विभिन्न बेश्यालयमा पुर्‍याउन एक जना पक्राउ परेका छन्।

भारतको नयाँदिल्लीस्थित जिबिरोडको वेश्यालयमा पुर्‍याई जबरजस्ती बेश्याबृतीमा संलग्न गराउने धरानका सन्तोष राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

छोङहाङ राई भनेर चिनेने सन्तोसलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धरान(१७ धनकुटे रोडबाट पक्राउ गरेको हो।

उनलाई आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाएको छ।

राईले बिभिन्न बहानामा नेपाली बालिकाहरूलाई बोर्डर पास गरि भारतीय बेश्यालयमा पुर्‍याई नेपाली ६ लाख रुपैंया सम्ममा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments