Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

गुल्मी, १ माघ । गुल्मीमा गोठमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी ५१ वर्षीय जितबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

नेपालीको गोठमा सोमबार राति आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर उनी घाइते भएका थिए । उनलाई गएराति नै उपचार गर्न पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments