Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौँ, ६ फागुन २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइभिएफ सेवाको झुट्ठो प्रचारप्रसार नगराउन निर्देशन दिएको छ ।

मन्त्रालयले आइभिएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्रचार गर्दै आइभिएफ सेवा सम्बन्धमा झुट्ठो प्रचारप्रसार नगर्नुरनगराउन आग्रह गरेको हो ।

स्वास्थ्य संस्थाले आइभिएफ सेवा सम्बन्धमा झुट्ठो प्रचारप्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्क समेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त गरेको यस्तो निर्देशन दिएको मन्त्रालयको भनाइ छ ।

सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रूपमा राख्ने व्यवस्था मिलन मन्त्रालयको निर्देशन छ ।

यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ ।

संस्थामा सेवाका लागि आउने विपन्न, असहायक बिरामीका लागि दस प्रतिशत निः शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

संस्थाबाट प्रदान गरिएका सेवाको प्रतिवेदन प्रत्येक चौमासिक रूपमा अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह मन्त्रालयले गरेको छ ।

तपाईको प्रतिक्रिया