Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, २४ पुष २०८१ । नेपाल भ्रमणमा आउन १० मुलुकका पर्यटक तथा बासिन्दाले नेपाल पेको क्युआर मार्फत् यहाँ भुक्तानी गर्न सक्ने भएका छन्।

चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकहरूका १४ इ वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले उल्लेख गरेको छ।

चीनको अलिपे, हङकङको अलिपे एचके, इटालीको तिनाबा, मकाओको एमपे, मन्गोलियाको हाइपे, पिलिपिन्सको जी क्यास, थाइल्याण्डको ट्रु मनी, सिंगापुरको छान्जीपे लगायतबाट यसरी भुक्तानी गर्न सकिने भएको हो।

यहाँका बिक्रेता ९मर्चेन्ट०हरूले यो सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क नलाग्ने बताइएको छ।

यसले स्थानीय व्यापारीको पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने, पर्यटकहरूले भौतिक मुद्रा साथमा बोकेर हिड्न नपर्ने र नेपाली अर्थतन्त्रलाई डिजिटल्ली लैजान सहज हुने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया