Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौँ, २२ पुस । नोपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बिहान काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो।

शुक्रबार नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा अभद्र व्यवहार भएको थियो । आफूलाई नेकपा क्रान्तिकारी माओवादीको कार्यकर्ता बताउने समूहले कंसाकारमाथि मसी छ्यापेर भागेको थियो।

पक्राउ परेका तामाङ नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी ९मोहन वैद्य० को भातृृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य भएको प्रहरीले जनाएको छ। थानकोटको पानीघाटबाट पक्राउ परेका तामाङमाथि आवश्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शाभार अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments