Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

डडेल्धुरा, २० पुस । अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्।

अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् ।

आगलागीको १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगको आगो नियन्त्रणमा आएको थियो ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। तर, त्यसको पुष्टि भइसकेको छैन ।

डडेल्धुरामा एक साताको अन्तरालमा भएको यो दोस्रो आगलागी हो । यसअघि डडेल्धुराकै २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments