Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

झापा, १९ पुस । झापाको मेची नगरपालिका ४ की टीकामाया ढुङ्गेलको दस कट्ठा मात्र जग्गा छ । उहाँले करेसाबारीसमेत नराखी गत वर्षदेखि चिया लगाउनुभएको छ । बस्न खान नै पाइएन खाद्यबाली लगायो जङ्गली हात्तीले खाएर सखाप पारिदिन्छ । धान, मकै खेती गर्दै आउनुभएकी ढुङ्गेलले जङ्गली हात्तीको उपद्रो सहन नसकेपछि रोक्न हात्तीलाई मन नपर्ने बाली चिया लगाएको बताउनुभयो ।
टीकामायाका ७० वर्षीय श्रीमान् मनोहरि ढुङ्गेलको तीन वर्षअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकोे थियो । घर छेउमा घाँस काट्न जानुभएका श्रीमान् धेरै समय नफर्किएपछि खोज्न जाँँदा हात्तीले क्षत्विक्षत् बनाएको अवस्थामा भेटिनु भएको थियो ।तभब)घ
यो त्रासले गर्दा उहाँले हात्तीबाट बच्न घरवरिपरि भएको दस कट्ठा जग्गामा चिया लगाएको टीकामायाले बताउनुभयो । उहाँ जस्तै स्थानीय कीर्तिराज भारतीले निजी ३५ बिघा खेतमा चिया लगाइसक्नु भएको छ ।
उहाँहरू जस्तै बाहुनडाँगी क्षेत्रका अधिकांश किसानले अहिले चिया र अन्य वैकल्पिक खेती गर्न थालेका छन् । खाद्यबाली लगाउँदा हात्तीले लगातार निशाना बनाएपछि झापाको बाहुनडाँगीका किसानले ख ती नै परिर्वतन गर्न थालेका हुन् । यस क्षेत्रका किसानहरूले खाद्यबाली खासगरी धान, मकै बालीमा जङ्गली हात्तीले खेतमा नै खाएर हैरान बनाएपछि नयाँ खेतीमा आकर्षित भएका हुन् । चिया लगाउन थालेपछि हात्ती कम आउने र मानिसमा समेत आक्रमण कम हुने गरेको उनीहरूको अनुभव छ ।

भारतको पश्चिम बङ्गाल राज्यको अन्तर्गत रहेको गुप्ती फोरेस्टबाट मेची नदी तरेर हुलका हुल आउने जङ्गली हात्तीले बाहुनडाँगी क्षेत्र बालीनाली सखाप पार्ने गरेको छ । त्यति मात्र होइन बाहुनडाँगी क्षेत्रमा मात्र हालसम्म २१ जना सर्वसाधारणको हात्तीको आक्रमणमा परेर मृत्यु भइसकेको छ । मानिसले पनि करेन्ट लगाएर, गोली हानेर, विभिन्न साधन प्रयोग गरेर अहिलेसम्म दसवटाभन्दा बढी हात्ती मारिसकेका छन् ।
नजिकै मेचीपारि भारतको जङ्गलबाट चरनका लागि आउने हात्तीले बाहुनडाँगी क्षेत्रका किसानले खेतबारीमा लगाएको अन्नबाली खान आउँदा बीचमा मानिसलाई समेत आक्रमण गर्ने गरेको छ । अन्नबाली खाएर सखाप बनाउने गरेको छ । यहाँका किसानले पनि अब हात्तीबाट बच्न र क्षति रोक्न आफ्नो बारीमा क्रमशः हात्तीलाई मन नपर्ने चिया, कागती, तेजपत्ता, बाह्रमासे सजिवन लगाउन थालेका छन् । यो क्षेत्रमा लगभग १२ सय बिघाभन्दा बढी क्षेत्रमा चिया खेती लगाइ सकिएको छ ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार हात्तीबाट बच्न अब स्थानीयले विभिन्न वैकल्पिक खेती लगाउने र नयाँ उपायका विषयमा खोज अनुसन्धान गर्न थालिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments