Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, १९ पुस । रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्दैछन् । डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी सपथपछि संसद भवन जालान् कि फेरि जेलमै ? यो चासो सर्वत्र छ ।

आज पद तथा गोपनीयताको सपथ ग्रहण गरे पनि संसद बैठकमा पनि सहभागी हुन नपाउने स्रोतले बतायो । सपथ खुवाइसकेपछि सांसद चौधरीलाई फेरि डिल्लीबजार कारागारमै लगेर राखिने छ ।

संसद सचिवालय स्रोतले भन्यो, ‘सपथपछि पनि उनी जेलमै रहने छन्, संसद बैठकमा सहभागी हुने पाउने छैनन् ।’

टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त चौधरीलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउँदैछन् । सांसद चौधरीको सपथ ग्रहणको लागि सभामुख महरा बिहानैदेखि परामर्श तथा तयारीमा व्यस्त छन् ।

टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट निर्वा्चित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments