Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

बाग्लुङ, १८ पुस । बाग्लुङको रामरेखामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा बाग्लुङ नगरपालिका–१२ अमलाचौरका ३३ वर्षीय बिमल हमाल रहेको प्रहरीले जनाएको छ।

बाग्लुङ बजारबाट रामरेखा गइरहेको ध १ प ७३१० नम्बरको मोटरसाइकल मंगलवार राति करिब साढे १० बजे दुर्घटना भएको हो।
प्रहरीले हमाललाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल पुर्‍याएपनि उनलाई अस्पतालले मृतक घोषणा गरेको छ। मृतक हमालको शवलाई धौलागिरी अञ्चल अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments