Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, ११ कार्तिक २०८१ । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ । खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् । खेल १-१ को स्थितिमा पुगेको छ ।

यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट सुरु भएको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको थियो ।

तर त्यतिबेला भारतीय खेलाडीहरु गोलको खुशी मनाइरहेका कारण गोलकिपर र खेलाडीहरु मैदानमा थिएनन् ।

त्यसैले नेपालकी प्रिती राईले गरेको प्रहार सिधै भारतको पोस्टमा छिरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा ६ मिनेट खेल अवरुद्ध भएको थियो

तपाईको प्रतिक्रिया