Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठ्माडौं, ११ कार्तिक २०८१ । पूर्वी नवलपरासीमा जंगली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन्।

देवचुली नगरपालिका-२ का दुम्कौली बस्ने २८ वर्षीया धनमाया राजबंशीले जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीसहित परिवारका पाँच जना बिरामी परेका हुन्।

२६ वर्षीय मदन राजवंशी, २८ वर्षीया धनमाया, ९ वर्षीया रिदिमा, ४८ वर्षीय बाबुबाल र ४६ वर्षीया रनमाया बिरामी परेका प्रहरीले जनाएको छ।

उनीहरू शनिवार साँझ बिरामी भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया