Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

ललितपुर, १७ पुस । एटिम फुटाएर सीसी क्यामेरा चोरी गर्ने एक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोले हरिसिद्धिस्थित नबिल बैंकको एटिएम फुटाउने झापाका २१ वर्षीय आकाश लिम्बुलाई पक्राउ गरेको हो।

लिम्बुले पुस १० गते राति करिब १० बजे एटिएम काउन्टरमा जडान गरिएको सीसी क्यामरा चोरेका थिए। सीसी क्यामेरा चोरेपछि एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न लाग्दा अर्को व्यक्तिले देखेपछि उनी भागेका थिए।

झापा घर भएका लिम्बु हरिसिद्धि बस्दै आएको सातदोबाटो वृत्तका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए।

हुलिया मिलेपछि प्रहरीले लिम्बुलाई हरिसिद्धिबाटै पक्राउ गरेको हो। प्रहरीसँगको बयानमा उनले सीसी क्यामेरा चोरी गरेको स्वीकार गरेका छन्। प्रहरीले पाँच दिनको म्याद थप गरी लिम्बुमाथि अनुसन्धान सुरु गरेको छ।

बाइक चोरीमा संलग्न एक पक्राउ
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको चोरीको अर्को घटनामा प्रहरीले काभ्रेको बनेपा घर भएका २६ वर्षीय सानोकान्छा तामाङलाई पक्राउ गरेको छ। तामाङले इमाडोल बोझेपोखरीका विशालबहादुर मगरातीले घर नजिकै पार्किङ गरेको मोटटरसाइकल चोरी गरेका थिए।

इमाडोलको सानागाउँमा बस्दै आएका उनले पुस १५ गते साँझ ५ बजे पार्किङमा रहेको २२० सीसीको पल्सर मोटरसाइकल चोरेका थिए। चोरीपछि मोटरसाइकल डोर्याएर हिँडिरहेको अवस्थामा प्रहरीले तामाङलाई पक्राउ गरेको हो।

पाँच दिन म्याद थप गरी प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments