Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौँ, ८ असोज २०८१ । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको सूचना मंगलबार सार्वजनिक गरिएको छ।

मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ।

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।

 

तपाईको प्रतिक्रिया