झापा, १ साउन २०८१ । झापाको गौरादहमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कमलका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २४ वर्षिय सन्जोक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज साँझ अन्दाजी ७ः१० बजेको समयमा गौरादह नगरपालिका-१ सितापुरी चोक स्थित भित्रि सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जादै गरेको बा ७० प १८१ नं. को मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे ६ प ५८१ नं.को मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदा बा ७० प १८१ नं.को मोटरसाइकल चालक कमल गाँउपालिका-५ का सन्जोक भण्डारी र मे ६ प ५८१ नं. को मोटरसाईकल चालक गौरादह नगरपालिका-१अन्दाजी २८ वर्षिय दुर्गा ताजपुरीया घाईते भएका थिए । घाइते दुवैजनालाई उपचारको लागी निम्स अस्पताल दमकमा ल्याई उपचार गराई रहेकोमा उपचारको क्रममा ७ः३० बजेको समयमा सन्जोक भण्डारीको मृत्यु भएको जनाइएको छ । शव सोहि अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
घाईते दुर्गा ताजपुरीयालाई थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड रेफर गरेको अबस्था बोल्न सक्ने मध्यम रहेको जनाइएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरादह बाट प्रहरीको टोलि खटि दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको जनाइएको छ ।






