काठमाडौँ, १५ जेठ २०८१ । सरकारले स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।






