Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

टर्की, ३ चैत २०८० । टर्कीको एजियन तटमा शुक्रवार डुङ्गा डुब्दा कम्तीमा २१ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ । उक्त घटना उत्तर पश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो ।

कानाक्कलेका गभर्नर इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटीले घटनास्थलमा दुई हेलिकप्टर र दस कोस्ट गार्डको उद्धार डुङ्गाको सहयोगमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

डुङ्गामा सवार व्यक्तिहरूको सही सङ्ख्या, उनीहरूको उद्देश्य गन्तव्य र घटनाका कारण बेपत्ताहरूको सङ्ख्या अस्पष्ट रहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया