Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

विराटनगर, १ चैत २०८० । उदयपुरको बेलका नगरपालिका-७ मा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।

उनका अनुसार २ जना पुरुष, ३ जना महिला र १ बालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको पहिचान खुल्न बाँकी छ।

घटनास्थलबाट प्रहरीले उद्धार गरेर ६ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको खापुङले जानकारी दिए। दुर्घटनाको कारण खुल्न बाँकी छ।

 

तपाईको प्रतिक्रिया