दोलखा, १ माघ २०८० । दोलखाको बिगु गाउँपालिका-१ लप्ची जाने सडकमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
बिगु गाउँपालिका-१ लामाबगरबाट लप्ची जाने बाटोमा एक्कासि सुख्खा पहिरो झर्दा ढुंगाले लागेर नासा हाइड्रोमा काम गर्ने कामदारको मृत्यु भएको र दुई जना घाइते भएका दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए।
उनीहरू नासा हाइड्रोका कामदार हुन्। मृतकको नाम खुल्न बाँकी छ। पहिरो खसेपछि लामाबगरबाट लप्ची जाने बाटो अवरुद्ध भएको छ। मौसम समेत प्रतिकुल भएका कारण हेलिकोप्टर पठाउन नसक्दा घाइतेको उद्धार हुन सकेको छैन।






