Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, २२ मंसिर २०८० । यू–१९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग खेल्दैछ ।

यूएईमा टस हारेर ब्याटिङमा आएको नेपालले खराब सुरुवात गरेको छ । पाकिस्तानविरुद्ध नेपालका ब्याटर खेल्नै सकेका छैनन् ।
तिलक भण्डारीलाई ७ रनमा गुमाएको नेपालका लागि अर्जुन कुमाल २१ रन बनाएर आउट भएका छन् ।

कप्तान देव खनाल १३ बल खेल्दै शुन्य रनमा आउट हुदाँ आकाश त्रिपाठी ६ रनमा पोविलियन फर्किएका छन् ।
गुलसन झा समेत १ रनमा आउट भएका छन् ।

नेपालले २१ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ६० रन बनाएको छ ।

पाकिस्तानका बलर नेपालका ब्याट्सम्यान समक्ष हाबी बनेका छन् । नेपालविरुद्ध बलिङ गरेको सबै बलरले विकेट पाएका छन् ।

आमिर हसन, उबेद साह र अली अस्फनले समान एक एक विकेट लिएका छन् । मोहमद जिसनले २ विकेट चट्काएका छन् ।

तपाईको प्रतिक्रिया