Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

झापा, १२ असोज २०८० । झापा गौरादहका २ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक जुरोपानी गा.वि.स.६, हाल गौरादह नगरपालिका वडा नं.७ का २१ वर्षिय गोबिन्द कुमार र साबिक जुरोपानी गा.वि.स.५ हाल गौरादह नगरपालिका वडा नं.७ का ३९ वर्षिय सुकदेव राजवंशी रहेका छन् ।

चोरी कसुर मुद्दामा फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैजना २०७९ चैत १९ गतेको फैसला अनुसार चोरी सम्बन्धि कसुर मुद्दामा फरार रहेका थिए । प

दुवैजनालाई चोरी मुद्दामा ३ महिना कैद, २० हजार जरिवाना र ८ सय पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएको थियो । उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि हिँजो (बुधबार) झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया