Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

एजेन्सी, ८ साउन २०८० । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिर्वतन गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार दिउँसोबाट ट्विटर लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखीएको छ । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। मस्कले किनेदेखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ। केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए।

 

तपाईको प्रतिक्रिया