Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, २१ मंसिर २०७९ । कतारमा जारी २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।

क्वार्टरफाइनलमा साबिक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, सर्वाधिक पाँच पकटको च्याम्पियन ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, इङ्गल्यान्ड, मोरक्को र पोर्चुगलले स्थान बनाएका छन् । अब सेमिफाइनल प्रवेशका लागि पहिलो क्वार्टरफाइनलमा शुक्रबार राति ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार राति नै दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्नेछन् । शनिबार हुने तेस्रो क्वार्टरफाइनलमा फ्रान्स र इङ्गल्यान्ड तथा चौथोमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

 

तपाईको प्रतिक्रिया