Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

काठमाडौं, २० मंसिर २०७९ । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत आज मंगलबार मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् ।

स्पेनले पछिल्लो पटक सन् २०१० मा राउण्ड अफ १६ पार गरेको थियो ।

मोरक्को दोस्रो पटक राउण्ड अफ १६ मा पुगेको हो ।

तपाईको प्रतिक्रिया