Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

झापा, ३० कार्तिक २०७९ । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापाका संवाददाता पुजन घिमिरेमाथि भएको आक्रमणप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ केन्द्र, प्रदेश तथा झापा शाखाले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पत्रकार घिमिरेमाथि भएको आक्रमणप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

‘पत्रकार पुजनका अनुसार मंगलबार बिर्तामोडस्थित एक होटलमा खाजा खाईरहेको अवस्थामा वियरको बोत्तल बोकेर होटल प्रवेश गरेका स्थानीय नितेश डाँगीले ‘समाचार किन लेखेको र?’ भन्दै बोत्तल प्रहार गरेका थिए । सो लगत्तै पत्रकार घिमिरेको गाडीमाथी पनि इटा प्रहार गरी तोडफोड गरिएको छ ।’ महासंघ झापाशाखा सचिव डिकेश लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–पत्रकारलाई असुरक्षित बनाउने गरी धम्कि दिने, आक्रमण गर्ने जस्ता अराजक गतिविधिको महासंघ घोर भत्र्सना तथा निन्दा गर्दछ ।’ सो घटनाको वास्तविकता छानविन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही पक्रियाअघि बढाउन र पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न प्रशासन तथा सरकारसमक्ष नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्रदेश तथा केन्द्रले समेत ध्यानाकर्षण गराएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments