Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

गौरादह, १६ भदौ २०७९ । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरादहले इकाईगत १५ औं बार्षिक साधारणसभा गौरादहमा सम्पन्न गरेको छ। इकाईगत साधारणसभाले भाद्र २० गते प्रधान कार्यलय दमकमा हुने १५ बार्षिक साधारणसभाका लागि २ जना प्रतिनिधि छनौट गरेको छ।

पञ्चेश्वर देवालय मन्दिरको सभाहलमा सम्पन्न इकाईगत साधारणसभामा संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रधान कार्यलय दमकमा रहि गौरादह, धरमपुर, सुरुङगा, बिर्तामोड,बुद्ध शान्ति र मोरङको उर्लाबारीमा सेवा केन्द्र बिस्तार गरि सकेको छ।

संस्थाको कुल सेयर पुजी ७ करोड ५२ लाख ९८ हजार २ सय रहेको गौरादह सेवा केन्द्र प्रमुख बिमल कार्कीले जानकारी गराए। संस्थाले हाल सम्ममा ७३ करोड ८२ लाख ४५ हजार ५ सय २१ रुपैयाँको कारोवार गरेको प्रमुख कार्कीले बताए। संस्थाले गौरादहमा सेवा केन्द्र संचालन गरि नागरिकहरुलाई सेवा दिदै आएको छ।संस्थाको गौरादह सेवा केन्द्रमा ९ सय ५ जना सेयर सदस्य रहेका छन।संस्थाको उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न इकाईगत साधारणसभामा संस्थाका सह सचिब केशव शरण अधिकारी, सदस्यहरु टिकाराम गौतम र पुरुषोतम खनाल लगायतले शुभकामना मन्तब्य राखेको संस्थाका कार्यलय सहायक चुडामणि पौडेलले जानकारी गराए।संस्थाकि सदस्य रमा दाहालले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका व्यवस्थापक सुदिप खतिवडाले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया