Online Bichar
शुक्रबार, बैशाख १८, २०८३ | Friday, May 1, 2026

काठमाडौं, २० चैत २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ ।

उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएको थियो । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास समेत गर्नुभएको थियो ।

बनारसबाट चार बजे नयाँदिल्ली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आईपुग्नुभएको हो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments