Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

प्रदिप धमला
गौरादह, २४ माघ २०७८ । मानिसहरुको बीचमा सूचना वा जानकारी आदान प्रदान गर्ने कार्य नै संचार हो । भावना वा विचारलाई एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुर्‍याउने कला नै संचार हो । संचारले भन्न खोजेको कुरा अर्को व्यक्तिले बुझ्ने गरी प्रवाह गर्ने कार्यलाई जनाउँछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा विचार वा बुझाईलाई सूचना वा सन्देशका रुपमा प्रेषित गर्ने प्रकृया नै संचार हो ।

दुई वा दुई भन्दा बढी व्यक्तिहरु बीच कुनै तथ्य धारणा विचार भावना आदिको आदान-प्रदान गर्ने कार्यलाई संचार भनिन्छ । संचारको अर्थ हस्तान्तरण र बोध दुवै हो । प्रभावकारी संचार प्रजातन्त्रको प्राण वायु योजना र निर्णय निर्माणको आधार तथा संगठनको रक्त प्रवाह हो । एक व्यक्तिले अर्को व्यक्तिको दिमागमा आफ्नो विचार वा धारणालाई स्थापित गर्न जे जति कृयाकलाप गर्छ ती सवै प्रकृया नै संचार हो । संचार केवल व्यक्तिरव्यक्ति विचमा सूचना प्रवाहको कार्य मात्र होईन यो एक गतिशील अन्तरव्यक्ति प्रवाह हो जसले व्यवहारहरुको आदान प्रदानलाई समेत समेट्दछ । संचार मानव जीवनको एक अभिन्न अंग हो । जो विना मानवीय ‍सम्बन्धहरु अर्थहीन हुन्छन् । संचारलाई प्लयधभिमनभ त्चबलकाभच वा ज्ञानको प्रसार पनि भनिन्छ । संचार प्रकृया पूरा हुन प्रेषक, संकेतिकरण, सन्देश, संचारको माध्यम, रुपान्तरण, प्रापक र पृष्ठपोषण जरुरी हुन्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कुनै पनि कार्यालयमा काम कारवाहीलाई चुस्त दुरुस्त बनाउन तथा समन्वय कायम गर्न सूचना तथा जानकारीको निरन्तर र प्रभावकारी रुपमा प्रवाह गर्नु नै संचार हो । एक व्यक्तिले अर्को व्यक्तिको दिमागमा कुनै पनि कुरा बुझाउन जे जति कार्य गर्छ ती सवैको योग नै संचार हो । सूचना एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्नेरपुर्‍याउने कामलाई नै संचार भन्ने बुझिन्छ । दुई वा सो भन्दा वढी व्यक्तिका बीच सूचना तथा जानकारी आदान प्रदान गर्नु पनि संचार हो । सन्देशलाई कुनै एक व्यक्ति वा ठाउँबाट अर्को व्यक्ति वा ठाउँसम्म पुर्‍याउने विधि पद्दति वा तौरतरीकालाई पनि संचार भनि बुझिन्छ । एउटा व्यक्तिले बुझेको कुरा अर्को व्यक्तिको बुझाईमा रुपान्तरण गर्न गरिने सवै प्रयासहरुको समष्टि रुपलाई पनि संचार भनिन्छ । व्यवस्थापक, कर्मचारी र सेवाग्राहीकाबीच एक आपसमा वा एक अर्कामा निरन्तर सूचना आदानप्रदान गर्नुलाई पनि संचारकै रुपमा लिईन्छ ।

संचार राज्यको चौथो अंग संगठनको रक्त संचार प्रजातन्त्रको प्राणवायु तथा योजना र निर्णय निर्माणको आधारको रुपमा परिचित छ । हामी सूचना तथा जानकारी विभिन्न संचारका तत्वहरु तथा पक्षहरुबाट प्राप्त गर्न सक्दछौ जस्तै प्रेषक ( पठाउने व्यक्ति वा निकाय) संकेत, (सन्देशलाई बुझाउन प्रयोग गरिने शाब्दिक वा अशाब्दिक प्रतीक चिन्ह्र) सन्देश, (मुल्य सहितको तथ्य तथ्यांक वा जानकारी) सांकेतीकरण, (सूचनालाई कुनै संकेत चिन्ह्र संकेत वा स्वरुपमा ढाल्ने काम) माध्यम, (वाहक वा प्रवाहक जस्तै ध्वनी, हुलाक, टेलिफोन, इमेल, संचार माध्यम हुलाक) प्रापक, (सूचना पाउने बुझ्ने वा प्रयोग गर्ने व्यक्ति) प्रत्युत्तर, (प्राप्त संदेशलाई प्रतिकृया दिने वा जवाफ फर्काउने काम) अवरोध, (समयमै नपुग्नु भाषागत समस्या हो-हल्ला फोन काटिनु नेट ढिलो चल्नु) पृष्ठपोषण, (प्रभावकारी संचारको लागि निरन्तर प्रयास गर्ने कार्य) र वातावरण(पूर्वाग्रह तथा अवरोध रहित अवस्था)आदि पर्दछन् ।

संचारको महत्व एक व्यक्तिदेखी अर्को व्यक्तिसम्म तथा एक कार्यालयबाट अर्को कार्यालयसम्म अति नै महत्वपूर्ण रहेको छ । संचारका गुणहरु एकदमै असल तथा प्रभावकारी हुनु पर्दछ । संचार सवैले बुझ्ने किसिमको तथा सम्पूर्ण जानकारी दिन सक्ने हुनुपर्दछ । उपयोगी तथा स्पस्ट हुनुपर्दछ । विशेष कुरा वा निश्चित विषय समेट्नुका साथै हानी नोक्सानी नपुग्ने खालको हुनु पर्दछ । गोप्यता कायम गर्नुका साथै कम खर्चिलो हुनु पर्दछ । सम्बन्धित सूचना प्रवाह भई नतिजा दिने वा प्रतिकृयाको लागि बाध्य पार्न सक्ने हुनु पर्दछ । समयमै प्राप्त हुनुका साथै निरन्तर चलिरहने र सम्बन्धको सुत्रको रुपमा रहनु अति आवश्यक हुन्छ । संचारको माध्यमबाट सूचना तथ्यांक र जानकारी उपलब्ध गराई नागरिकलाई सूचनाको हक उपयोगको अवसर मिल्छ । समाचार र द्बन्द्बको समयमै पहिचान र समाधानमा टेवा दिन्छ । दुविधा र गलत बुझाई हटाई समन्वय बढाउँछ । असल सम्बन्धको विकास गर्छ । अनुगमन, मूल्याङकन, दण्ड, सजाय र पृष्ठपोषणको अवसर दिन्छ । पारदर्शिता, उत्तरदायित्व र जवाफदेहीता बढाउँछ । मानवीय सम्बन्धलाई सुमधुर र जीवन्त बनाउँछ । सरकार तथा संगठनको निर्णय सरोकारवाला समक्ष पुर्‍याउँछ । अनुगमन मूल्याङकनलाई नियमित र सुचकमा आधारित बनाउँछ । नीति, योजना र निर्णय निर्माणको आधार र प्रमाण दिन्छ । व्यवस्थापक कर्मचारी र सेवाग्राहीबीच असल सम्बन्ध कायम राख्दछ । व्यवस्थापकीय कार्यलाई गतिशील बनाउँछ । प्रशासकीय गतिविधिलाई निरन्तर र स्वचालित बनाउँछ । कर्मचारीमा मनोबल वढाई उत्प्रेरित बनाई राख्दछ । गुनासो तथा समस्याको समयमै शीघ्र समाधान दिन्छ ।

कार्यालयमा सूचना वा जानकारीको उत्पति र प्रवाह लगायतको आधारमा संचारलाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ । संस्थागत आधारमा दुई प्रकार आन्तरिक संचार एउटै संगठनभित्र गरिने सूचना प्रवाह र बाह्रय संचार एक संगठनबाट अर्को संगठन वा सोको सरोकारवालाहरुबीच गरिने संचारलाई बुझिन्छ । अभिव्यतिको आधारमा दुई प्रकार मौखिक संचार प्रत्यक्ष बोलेर वा टेलिफोन रेडियो टेलिभिजन आदिबाट बोलेर गरिने संचार लिखित संचार चिठ्ठी इमेल डाँक आदिबाट गरिने संचारहरु पर्दछन । मान्यताको आधारमा दुई प्रकार ‍औपचारिक एक संगठन भित्र वा अर्को संगठनसँग प्रत्यक्ष वा लिखित रुपमा गरिने संचार अनौपचारिक छलफल भेटघाट अन्तरकृया आदिमा हुने संचार पर्दछ । सूचना प्रवाहको तहको आधारमा छड्के संचार अधोमुखी र उध्वमुखीको संचारको समग्र स्वरुप तथा अधोमुखी संचार माथिल्लो तह वा पदबाट तल्लो तह वा पदमा गर्ने आदेश निर्देशन परिपत्र जनाउँछ भने उध्वमुखी संचार तल्लो पदबाट माथिल्लो तह वा पदमा दिने निवेदन, टिप्पणी, बोधार्थ पर्नुका साथै समतल संचारमा समान पद वा निकाय वा शाखाहरुबीचमा गरिने संचारलाई बुझिन्छ । भौतिक उपस्थितिको आधारमा प्रत्यक्ष संचार एक अर्को व्यत्तिलाई भौतिक रुपमै भेटेर गरिने संकेत कुराकानी छलफल तथा अप्रत्यक्ष संचार तेश्रो पक्ष वा प्रविधिको प्रयोगबाट गरिने संचारलाई बुझिन्छ ।

प्रत्युत्तरको आधारमा एकोहोरो संचार प्रापकले प्रेषकलाई तत्कालै गर्न नसक्ने लिखित संचार तथा दोहोरो संचार प्रेषक र प्रापकबीच सम्पर्क भई गरिने जसमा प्रापकले तत्कालै अन्तरकृया, संवाद, टेलिफोन गर्न सक्ने जस्ता पर्दछन । त्यस्तै माध्यमका आधारमा लिखित, मौखिक, सांकेतिक, विद्युतीय संचार जस्ता पर्दछन । यसरी हामी विभिन्न प्रकारका संचारका साधनहरुको प्रयोग गरी एक व्यक्तिबाट अर्को व्यक्तिमा वा एक कार्यालयबाट अर्को कार्यालयमा सूचना तथा जानकारी पुर्‍याउँदछौ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments