Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झगेन्द्र खड्का
गौरीगंज, ७ माघ । ईलाका प्रशासन कार्यलय गौरीगंजले आर्थिक बर्ष २०७८।०७९ को छ महिनामा ३२ लाख ७० हजार ४ रुपैयाँ सय राजस्व संकलन गरेको छ। प्रशासन कार्यलयबाट नागरिकलाई दिइने सेवाहरुबाट उक्त राजस्व संकलन भएको कार्यलका लेखा प्रमुख यामनाथ सन्जेलले जानकारी गराए।

कार्यलयले नागरिकहरुलाई नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, वैवाहिक अंगिकृत नागरिकता, नावालक परिचयपत्र, राहादानीको द्रुत सेवा, कार्यलयबाट ठाडो उजुरी सुनुवाइ लगायतका सेवाहरु दिदै आएको ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख चुडामणी आपगाँईले जानकारी गराए।झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सहजताका लागि स्थापना गरिएको ईलाका प्रशासन कार्यलय गौरीगंजबाट आर्थिक बर्ष २०७८।०७९ को छ महिनामा १ हजार ३ सय ६७ जनाले नयाँ नागरिकता बनाएका छन्।

साउनदेखि पौष मसान्तसम्ममा ७ सय १४ महिला र ६ सय ५३ पुरुषले नयाँ नागरिकताको सेवा लिएका छन। यस आर्थिक बर्षको छ महिनामा नागरिकताको प्रतिलिपी बनाउने भन्दा नयाँ नागरिकता बनाउनेको संख्या बढी देखिएको छ। यश आर्थिक बर्षको छ महिनामा १ हजार ३ सय ६७ जनाले नयाँ नागरिकताको सेवा लिएका छन भने ८ सय ७४ जनाले नागरिकताको प्रतिलिपी बनाएका छन्।

नागरिकताको प्रतिलिपी बनाउनेमा ३ सय ८५ महिला र ५ सय १६ जना पुरुष छन्।पौष मसान्तसम्ममा ३७ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन्। कार्यलयबाट ३ महिला र १२ पुरुष सहित १५ जनाले नावालक परिचयपत्र बनाएका छन। राहदानीको द्रुत सेवा लिनेमा २ सय ५ जना रहेका छन्। कार्यलयबाट ६ सय २९ जनाले राहदानी बनाएका छन्।

मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरुलाई टाढा धाउनु नपरि सहज रुपमा नजिक मै बनाउन ईलाका प्रशासन कार्यलय गौरीगंजबाट सेवा दिदै आएको कार्यलय प्रमुख आपगाँईले जानकारी गराए। कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फैलिदै गएपनि कार्यलयमा सेवा लिन आउनेको संख्यामा कुनै कमि आएको छैन।

भाइरस संक्रमण दर बढेपनि कार्यलयमा सेवा लिन आउने सेवाग्राहीको भिडभाड उत्तिकै रहेकाले स्वास्थ्य सावधानी अपनाएर कार्यलयमा सेवा लिन आउन जानकारी गराइएको कार्यलयका सूचना अधिकारी रबिन राजवंशीले जानकारी गराए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments