Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

एजेन्सी, ३० भदौ २०७८। उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका छन् ।

योनहाप न्यूजका अनुसार जेसीएसले एक अज्ञात प्रक्षेपण फायर गरेको पहिले नै घोषणा गरेका थिए । जापानी कोस्ट गार्डले पनि एउटा वस्तु निकालिएको र यो ब्यालिस्टिक मिसाइल भएको हुन सक्ने बताएका छन्।

ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणले उत्तरको परमाणु गतिविधिहरुलाई रोक्नको लागी डिजाइन गरिएको संयुक्त राष्ट्रको प्रस्तावहरुको उल्लघन गर्दछ। दक्षिण कोरिया र जापानले थप विवरण दिएका छैनन्।

ब्यालिस्टिक मिसाइल हान्नु केही दिनअघि उत्तर कोरियाले लामो दूरीको क्रूज मिसाइल जापानको धेरै ठाउँमा प्रहार गर्न सक्ने गरि परीक्षण गरेको थियो । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले क्रूज मिसाइलको परीक्षण गर्न निषेध गरेको छैन।

तर परिषद्ले ब्यालिस्टिक क्षेप्यास्त्रहरुलाई बढी खतरनाक मानेको छ । यस्ता ब्यालिस्टिक मिसाइलका कारण उनीहरु ठूलो र अधिक शक्तिशाली बन्न सक्छन् । त्यस्तै, धेरै लामो दूरी र छिटो यात्रा गर्न सक्छन्।

 

तपाईको प्रतिक्रिया