Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

एजेन्सी, २७ भदौ २०७८। फ्रान्सले अफगानिस्तानको तालिवान सत्तालाई मान्यता नदिने घोषणा गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्या ब्यासल ड्रियानले तालिबान सरकारलाई मान्यता नदिने बताएका हुन।

तालिवानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न केही कदम चाल्नु आवश्यक रहेको उनको भनाइ छ । तालिवानले समावेशी सरकार बनाउने भनेर झुठ बोलेको भन्दै उहाँले विदेशी सहयोग पाउन तालिवानले केही प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताए ।

फ्रान्सले अफगानिस्तानबाट करिब ३ हजार मानिसलाई सुरक्षित फिर्ता लगेको थियो भने अफगानिस्तानमा अझै पनि केही फ्रान्सेली नागरिक र फ्रान्ससँग जोडिएका अफगान नागरिकहरु उद्धारको फर्काइमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया