Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026
काठमाडौं, १९ कार्तिक । भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायव सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट सोमबार उनलाई २५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समातेको हो।
विशेष सूचनाका आधारमा टंगालस्थित आयोगको कार्यालयबाट गएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले नेपालखबरलाई जानकारी दिए। कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतीकरण र दृश्य सामाग्री ९डि।भि।डी। तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेको थियो।
उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने भनी बाहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता दंगालले बताए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments