Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गौरादह, १३ साउन २०७८ । झापाको दमकमा गएराती ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मंगलवार राति साढे १० बजे दमक चिया बगान सडक खण्डमा मोटरसाइकलमा रहेका बिष्ट दम्पती होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर बिष्ट र उनकी पत्नी ३७ वर्षीया भीमा कार्की विष्टको घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विष्ट दम्पती सवार प्र-२-०३-०१३प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको टूकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया