Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

९ साउन २०७८। चीनले पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पूर्व वाणिज्यमन्त्री विल्बर रससहित सात नागरिक र केही अमेरिकी निकायमाथि प्रतिबन्ध लगाउन लागेको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गर्नुभएको छ । बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न उपविदेश मन्त्री सेरमन चीन जान लाग्नुभएको हो ।एजेन्सी

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments